प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोरखा: (झुण्डी मृत्यु)

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

गोरखा आरुघाट गा.पा. ६ कुडुले बस्ने याम ब.अधिकारीको छोरा वर्ष २६ को कुमार अधिकारी घरको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।

गण्डकी प्रदेशको ट्राफिक सप्ताहमा लघू सचेतनामुलक कार्यक्रम
२०८०-०१-२५

वैशाख-२८, पोखरा ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशव्यापि रुपमा ट्राफिक सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरीरहेको छ । विविध कार्यक्रमहरु सहित सञ्चालन गरीएको सप्ताहिक जनचेतनामुलक कार्यक्रममको गण्डकी प्रदेशमा भने आज तेस्रो दिन हो । आजको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ट्राफिक प्रहरीहरुले ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्दि गरेका छन । लघू सचेतना कार्यक्रममा बिभिन्न स्थानहरुमा सवारी साधन तथा पैदलयात्रीहरुलाई रोकिन्छ र ट्राफिक नियम सम्बन्धी जानकारी मुलक पर्चा वितरण गरीन्छ, त्यसपछी सोही कार्यक्रममा सहभागि १ जनालाई ट्राफिक नियम सम्बन्धी जानेका कुरा बोल्न लगाईन्छ र नबुझेका कुरा ट्राफिक प्रहरी बाट प्रष्ट पारिन्छ । यसका साथै सप्ताहव्यापी कार्यक्रमकै तालिका बमोजिम आज ट्राफिक प्रहरीले सवारी चालक पोशाक चेकजाँच, सवारी भाडादर अनुगमन, आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ । गण्डकी प्रदेशमा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका र गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा सञ्चालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको यहि बैशाख २५ गते उद्घाटन गरीएको थियो । उद्घाटन कार्यक्रमका अवसरमा प्रदेशका सबै; जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । नसामा सवारी दुर्घटनाको तयारी, तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध परिष्कृत, प्रभावकारी कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ । जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिनेछ । कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।