प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८२-०६-२१

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.५ जिरो कि.मि.स्थित पार्किङ गरी राखेको विद्युतीय तार अण्डर ग्राउण्ड बनाउनको लागि खन्न प्रयोग गर्ने APOLO कम्पनिको A950 नम्बर को मेसिनमा जिरो कि.मि.बाट सिर्जनाचोक तर्फ जादै गरेको ग१६प ३९९ नम्बर को मोटरसाइकल पछाडी भागमा ठोकिन गई दुर्घटना हुदा मोटरसाइकल चालक जिल्ला स्याङजा फेदिखोला गा.पा.२ घर भएको वर्ष २६ को सुजन कार्की घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको टाउकोमा चोट अवस्था सिरियस, मोटरसाइकल प्रहरीको नियन्त्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।