प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण सम्पन्न ।

२०८१-०६-०५

  • A
  • A-
  • A+
Share

असोज-०५, पोखरा
नेपाल प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण सम्पन्न गरेको छ ।
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनी गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।
निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
यहि असोज ०३ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले ४ गतेनै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी गण, इलाका प्रहरी कार्यालय शिशुवा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निरीक्षण गरेको थियो भने मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा , नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्की,नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ, नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ र प्रहरी चौकी थर्पु तनहुँ निरीक्षण गरेको छ । साथै असोज ०६ गते जिल्ला प्रहरी कार्यालय गोरखा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।

सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।