प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१०-२४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १४ वि.पि. मार्ग स्थितमा ग३प ७९७१ नं.को मो.सा. र ग११प २०३० नं.को मो.सा. एक-आपसमा ठक्कर खाँदा दुबै मो.सा. मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः-

१.ग३प ६९६१ नं.को मो.सा.चालक जिल्ला रौतहट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१४ वि.पी. मार्ग बस्ने वर्ष २८ को रुपेश वैठा, अवस्था मध्यम, मणिपाल शिक्षण अस्पताल रिफर, उपचारमा निजको भिनाजु पोनालाल बैठा संलग्न ।

२.ग११प २०३० नं. को मो.सा. चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २३ को नारायण गुरुङ,अवस्था सामान्य ।

३.ऐ. मो.सा.मा पछाडी सवार निजको श्रीमती वर्ष २३ की रितु गुरुङ, अवस्था सामान्य, उपचारमा निजको दाजु देव बहादुर गुरुङ संलग्न ।



सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२७

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।