प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७९-०१-१४

  • A
  • A-
  • A+
Share

नवलपरसी (पूर्व), बौद्वीकाली गाउँपालिका ६ माझडांडा स्थित भित्री सडक खण्डमा मांझडाडाबाट नेवारवाडी तर्फ जादै गरेको लु४त२७९२ नं.को ट्याक्टरमा सवार (लेवर काम गर्ने) जिल्ला दाङ शान्तिनगर नगरपालिका २ सिम बस्ने वर्ष-४० को झग्गु बिटालु अचानक ट्याक्टरबाट खस्न गई मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गएको, शब घटनास्थलमा नै रहेको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको  । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।