प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ निसीखोला गा.पा.६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नं. को बस सडक देखी अं. १५० मिटर तल खस्न गई दुर्घटना भएको, घाईतेहरुको उद्धार कार्य भईरहेको, हाल सम्म ७ जना घाईतेहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाएको,बोल्न नसक्ने,अवस्था सिरियस रहेको, अन्य घाईतेहरुको नामावली खुल्न बाँकी रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।