प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०९-०३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.१६ लिच्चीघारी स्थित बाटुलेचौरबाट लिच्चीघारी तर्फ आउँदै गरेको ग २ ख १७८६ नं.को टिप्परमा सोही दिशाबाट आउदै गरेको GAAA ३५१५ नं.को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक जिल्काला स्की पोखरा म.न.पा.१९ लामाचौर बस्ने बर्ष १७ को स्मरण अधिकारी घाइते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुबै हातखुट्टा र टाउकोमा चोट लागेको, मोटरसाइकल, टिप्पर र टिप्पर चालक प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।