प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बस दुर्घटना हुँदा १३ जना घाईते

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

विनयी त्रिवेणी गा.पा.१ स्थित ना. ५ ख ६५६७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु घाईते भई दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

निम्न घाईतेहरुः
१.जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष २० कि सरस्वती थारु, अवस्था सामान्य ।
२.ऐ.१३ बस्ने वर्ष २२ कि आरती वि.क., अवस्था सामान्य ।
३.ऐ.१० बस्ने वर्ष १८ कि दिया वि.क. अवस्था सामान्य
४.ऐ.बस्ने वर्ष ३० कि शर्मिला वि.क.,अवस्था सामान्य ।
५.ऐ.६ बस्ने वर्ष ५२ कि यमकाल पाण्डे, अवस्था सामान्य ।
६.ऐ.८ बस्ने वर्ष ४८ कि हरिमाया मरासिनी, अवस्था सामान्य ।
७.ऐ.१० बस्ने वर्ष ७५ की मनु रसाईली, अवस्था सामान्य ।
८ ऐ.१० बस्ने वर्ष ७० कि कलिमाया वि.क., अवस्था सामान्य ।
९.ऐ. विनयी त्रिवेणी गा.पा.३ बस्ने वर्ष २७ कि सविता कुमाल, अवस्था सामान्य ।
१०.ऐ. बस्ने वर्ष ३० को सन्तोष कुमाल, अवस्था सामान्य ।
११.जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष ४६ कि माया गुरुङ, अवस्था सामान्य ।

१२.जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.१ बस्ने वर्ष ३० कि विष्णुदेवी पौडेल, अवस्था सामान्य ।
१३.ऐ.२ बस्ने वर्ष ५३ कि पार्वती वि.क., अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।    

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।