प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बस दुर्घटना हुँदा १३ जना घाईते

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

विनयी त्रिवेणी गा.पा.१ स्थित ना. ५ ख ६५६७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु घाईते भई दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

निम्न घाईतेहरुः
१.जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष २० कि सरस्वती थारु, अवस्था सामान्य ।
२.ऐ.१३ बस्ने वर्ष २२ कि आरती वि.क., अवस्था सामान्य ।
३.ऐ.१० बस्ने वर्ष १८ कि दिया वि.क. अवस्था सामान्य
४.ऐ.बस्ने वर्ष ३० कि शर्मिला वि.क.,अवस्था सामान्य ।
५.ऐ.६ बस्ने वर्ष ५२ कि यमकाल पाण्डे, अवस्था सामान्य ।
६.ऐ.८ बस्ने वर्ष ४८ कि हरिमाया मरासिनी, अवस्था सामान्य ।
७.ऐ.१० बस्ने वर्ष ७५ की मनु रसाईली, अवस्था सामान्य ।
८ ऐ.१० बस्ने वर्ष ७० कि कलिमाया वि.क., अवस्था सामान्य ।
९.ऐ. विनयी त्रिवेणी गा.पा.३ बस्ने वर्ष २७ कि सविता कुमाल, अवस्था सामान्य ।
१०.ऐ. बस्ने वर्ष ३० को सन्तोष कुमाल, अवस्था सामान्य ।
११.जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष ४६ कि माया गुरुङ, अवस्था सामान्य ।

१२.जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.१ बस्ने वर्ष ३० कि विष्णुदेवी पौडेल, अवस्था सामान्य ।
१३.ऐ.२ बस्ने वर्ष ५३ कि पार्वती वि.क., अवस्था सामान्य ।

सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : पोखरा ।
२०८०-०४-२८

नेपाल प्रहरी श्रीमती संघको ३९औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ लाई नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के.सी.ले रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गुरुङले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ४४ जनाले रक्तदान गर्नुभएको थियो ।