प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-१२

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका ०४ बेनिटार स्थित पृथ्वी राजमार्गमा प्रहरीको चेकिङ टोलीले सुनौलीबाट पोखरा तर्फ आउदै गरेको लु२ख १४०५ नं.को बसलाई चेकजाच गर्ने क्रममा ऐ. बसमा सवार जिल्ला रुपन्देही तिनाउ नगरपालिका ११ बस्ने बर्ष २१ को सागर कुवँर क्षेत्रीले बोकेको कालो झोला चेकजाँच गर्ने क्रममा झोला भित्रबाट फेनेरागन-१५० एम्पुल, ब्रोनोरफाइन-१५० एम्पुल र डाईजोपाम-१५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।