प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प. (पूर्व)

२०८३-०३-०४

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी पूर्व गैडाकोट न.पा. ५ काँग्रेश चोक स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ आउँदै गरेको ना ७ ख १५६२ नं. को सिटी बसले पैदल यात्री ऐ.६ खानेपानिट्याङ्की बस्ने बर्ष ६५ की सिता सापकोटा लाई ठक्कर दिँदा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको, बस र बस चालक जिल्ला न.प.(पूर्ब) कावासोती न.पा. १० बस्ने बर्ष ३५ को शंकर बहादुर लामा नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।