प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : म्याग्दी

२०८१-०५-०९

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनी न.पा.२ हुलाके बाग्लुङ-बेनी सडकखण्डमा बाग्लुङबाट बेनी तर्फ आँउदै गरेको ग२च ९३५५ नं.को स्कारपियो गाडी सडक माथिबाट आएको भेलको कारण सडक बिच भाग देखि भासिन गई उक्त स्कारपियो गाडी भेलको पानीले बगाई सडक देखि ३ मिटर तल खसेको, सवारी साधन पूर्ण रुपमा क्षती भएको, मानबिय क्षती नभएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।