प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १ जना घाईते

२०७८-०६-२५

  • A
  • A-
  • A+
Share

असोज २५, जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका- १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६९०० नं.को बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा खस्न गई दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको, मृत्यु हुनेमा जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ काठमाण् महानगरपालिका-३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, ऐ.बस्ने वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् । १ जना घाईते भएको, उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।