प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-१ सत्रसय स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४२७ नं.को माइक्रो रोकी बाटो काट्ने क्रममा सह-चालक जिल्ला लमजुङ दोर्जी गाउँपालिका घर भएको अन्दाजी वर्ष २३ को सुके गुरुङलाई सोही दिशाबाट जाँदै गरेको ग १९ प ७२९१ नं.को मो.सा.ले ठक्कर दिँदा घाइते भई आबुखैरेनी स्थित हाडजोर्नि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पुरानो मेडीकल कलेज भरतपुर चितवन पठाएको, अवस्था गम्भिर, मो.सा.र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।