प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पुजा सम्पन्न

२०७८-०७-१७

  • A
  • A-
  • A+
Share

कार्तिक १७, यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।

कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो ।

साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।