प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-२७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २७ धर्मकाटा स्थितमा ना ४५ प ६३५० नं. को मो.सा. र ग १५ प ६२८४ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा दुबै मो.सा.का निम्न चालकहरु घाईते भई उपचारको लागि लेखनाथ सिटी अस्पताल पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः-

१.ना४५प ६३५० नं. को मो.सा.चालक जिल्ला महोत्तरी बस्ने बर्ष अं.२७ को प्रशान चौधरी, अबस्था मध्यम ।

२.ग१५प ६२८४ नं.को मो.सा.चालक जिल्ला धादिङ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालिका चोक बस्ने बर्ष अन्दाजी ३० को यम बहादुर रानामगर, अबस्था शिरियस ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।   

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।