प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-११-०७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ८५८ नं. को बस चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला कास्की पोखरा १७ छोरेपाटन बस्ने बर्ष १६ को लक्ष्मण परियारले जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको ल्याएको अन्दाजी १ किलो गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको, बसको कागजपत्र राखी छाडिएको।

सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : पोखरा ।
२०८०-०४-२८

नेपाल प्रहरी श्रीमती संघको ३९औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ लाई नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के.सी.ले रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गुरुङले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ४४ जनाले रक्तदान गर्नुभएको थियो ।