प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८१-०८-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा-२४ मैदान स्थित ऐ.बस्ने वर्ष ५७ को टंक प्रसाद पौडेलको आफ्नै ढुङगामाटोले बनेको जस्ताले छाएको कच्ची गोठमा बिजुली सर्ट भई आगोलागी हुँदा गोठ पुर्ण रुपमा जलि नष्ट हुनका साथै गोठ भित्र रहेको ४ वर्षको दुहुनो गाई र २ वर्ष को ब्याउने बाख्राको पनि मृत्यु भएको र नजिकै रहेको ६० भारी बराबरको परालको टौवा समेत जलि पुर्ण रुपमा क्षति भएको, मानविय क्षति नभएको, प्रहरी, दमकल र स्थानिय को सहयोग मा ०१;३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।