Police Office
जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।
जिल्ला लमजुङ सुन्दरबजार न.पा.९ बालुनेचोक स्थित डुम्रे-बेसिशहर सडक खण्डमा पाउँदीबाट भोटेओडार तर्फ आउँदै गरेको ग १ ख ९११३ नं.को बसले पैदल यात्री जिल्ला लमजुङ दोर्दी गा.पा.२ अर्चलबोट बस्ने वर्ष ६५ को इन्द्र प्रसाद घिमिरेलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि भोटेओडार अस्पताल प्रा.लि.सिउँडीबार पठाएको, बस र बस चालक जिल्ला कास्की रुपा गा.पा.७ बस्ने वर्ष ३१ को सन्दिप विश्वकर्मा प्रहरीको नियन्त्रणमा ।
जिल्ला गोरखा पालुङटार न.पा. ५ बोहोरेखोला बाट ठाटिपोखरी तर्फ आउदै गरेको बा ६१ प ९६८० नं. को स्कुटर चलकले अनियन्त्रित भई सडकको दाहिने किनारामा पल्टिन जादा स्कुटर चालक जिल्ला गोरखा पालुङटार न.पा. ५ मागरगाउ वस्ने वर्ष २८ को अभिषेक गिरि घाइते भई उपचारको लागि तेज फार्मेसिमा लगेकोमा सामान्य उपचार पश्चात् थप उपचारको लागि आपिपल अस्पताल गोरखा पठाएको ।
जिल्ला तनहुँ शु.न.पा.२ गाछेपानी स्थित पृथ्विराजमार्गमा पोखरा बाट दुलेगौडा तर्फ आउदै गरेको ग ४ प ६२६ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाइ सडक बिचको डिभाइडरमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला कास्की पो.म.न.पा.३३ बस्ने बर्ष ३९ को मन बहादुर पुन घाइते भइ उपचारको लागी तनहुँ सेवा हस्पिटल दुलेगौडा ल्याईएकोमा प्राम्भिक उपचार पश्चात थप उपचारको लागी ०७:५५ बजे पोखरा रिफर भएको ।
जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।
जिल्ला गोरखा गोरखा न.पा.१३ पाँचकिलो स्थितमा सेराबाट आँबुखैरेनी तर्फ जादै गरेको ग २ ख ११४६ नं.को बस र विपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०१-०२५ च ०७५८ को बलेरो एक-आपसमा ठक्कर खादाँ बलेरो चालक जिल्ला गोरखा सहिदलखन गा.पा.१ बक्राङ बस्ने वर्ष ३४ को विवश वि.क, सवार वर्ष २७ को शंकर बिश्वकर्मा, शंकर वि.क को छोरी १५ महिनाकी प्रभा विश्वकर्मा, बस चालक जिल्ला गोरखा पालुङटार न.पा.६ बस्ने वर्ष ३० को मिलन गुरुङ. गोरखा न.पा.१३ देउराली बस्ने वर्ष ४२ को कृष्णा राम नराल घाईते भई उपचारको लागि आँबुखैरेनी गाउँपालिका अस्पताल आँबुखैरेनी तनहुँ पठाएको ।
जिल्ला कास्की पो.म.न.पा.०६ जरेबर स्थित लेकसाईडबाट जिरो तर्फ जादै गरेको ग ४ प ३८४७ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला पर्वत मोदी गा.पा.०३ घर भई हाल पो.म.न.पा.०१ अर्चलबोट बस्ने बर्ष २४ कि शान्ति नेपाली घाईते भई उपचारको लागि G.M.C अस्पताल पठाइएको ।
जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा. १४ अमरापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बुटवलबाट चितवन तर्फ सिमेन्ट लोड गरेर आउदै गरेको ना ५ ख ५६२८ नं. को ट्रक र बिपरीत दिशा गैंडाकोट बाट रजहर तर्फ जाँदै गरेको प्रदेश १-०२०४७ प ८९४३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा न. १३ बस्ने बर्ष ३० को अभिषेक कुमार पण्डित घाईते भई उपचारको लागी एलआईभ अस्पताल चितवन पठाएको, मोटरसाइकल,ट्रक र ट्रक चालक जिल्ला न.प.पुर्व देवचुली न.पा. वडा न. १७ रजहर बस्ने बर्ष ४० को लेस नारायण थारुलाई नियन्त्रणमा लिईएको ।
मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।
जिल्ला मनाङ नासो गा.पा ८ ताचै स्थित होमराज घलेको ४ कोठे काठ र टिनलको निर्माणधीन कच्ची घरमा आगलागी भएको भनी स्थानीय जनप्रतिनिधि द्वारा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गएको, मानवीय क्षति नभएको,घर जलेर पूर्णरूपमा नष्ट भएको, उक्त घर राति के कुन र कति समयमा जलेको भन्ने यकिन हुन नसकेको, थप अनुसन्धान भइरहेको ।
जिल्ला स्याङजा वालिङ न.पा. ११ तल्लोपेखु स्थित भित्री सडकखण्डमा बाहुनथानबाट वालिङ तर्फ आउदै गरेको ग २१ प ९२०५ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई सडकमै पल्टिन जाँदा स्कुटर चालक जिल्ला स्याङजा वालिङ न.पा.९ भकुण्डे बस्ने बर्ष २६ को सुदिज थापा मगरको अनुहारमा चोट लागी घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर भएको, स्कुटर पछाडी सवार ऐ.बस्ने बर्ष २१ को हेमराज गुरुङ सकुशल रहेको ।