प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको कार्यदक्षता मूल्यांकन (Police Baton) २०७९ निरीक्षण सम्पन्न ।

२०७९-०५-२०

  • A
  • A-
  • A+
Share

प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न गरेको छ ।

अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी, प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यलयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यलयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानरीक्षकबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।

निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा  प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । यसका साथै पोशाकमा रहेको प्रहरी देखेपछि पिडितले विश्वास गर्ने र पिडक तथा अपराधि डराउने वातावरणको सिर्जना गर्न सम्पूर्ण प्रहरी कर्मचारीले ईमान्दारीताका साथ कार्यसम्पादन गरी नैतिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

यहि भदौ १९ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले १९ गतेनै विशेष सुरक्षा प्रहरी गण तनहूं, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा र ईलाका प्रहरी कार्यालय बेलचौताराको निरीक्षण गरिसकेको छ ।  मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गरी भाद्र २१ गते जिल्ला प्रहरी कार्यालय स्याङजा, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङको निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

ब्याटन निरीक्षण टोलीबाट देशभरीका प्रहरी कार्यालयहरुको कार्यदक्षता मूल्यांकन गरीसकेपछी अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिले सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय घोषणा गरी प्रहरी दिवसको दिनमा उक्त प्रहरी कार्यालयलाई र कार्यलय प्रमूखलाई पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ । प्रहरीमा ‘पुलिस ब्याटन’ लाई उच्च मूल्यांकनसहितको पुरस्कार मानिन्छ ।

 

सम्बन्धित समाचार
अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंका प्रशिक्षक प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालको नेतृत्वमा देश दर्शन तथा अवलोकन भ्रमणको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा आउनुभएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र जि.सी.ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीको सांगठनिक संरचना, व्यावसायिक प्रहरी सेवा प्रवाह, गण्डकी प्रदेशको समग्र अपराधको अवस्था र सुरक्षा व्यवस्थापन लगायत भौगोलिक अवस्थाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।