प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-२१

  • A
  • A-
  • A+
Share

जिल्ला (पूर्व) कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ON-TEST स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुर्फिन– १११ एम्पुल, फेनरागन– १११ एम्पुल र डाईजोपाम– १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागूऔषध फेला पारी बरामद गरी निजहरुलाई स्कुटर सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।

निम्नः-

१.स्कुटर चालक जिल्ला लम्जुङ सुन्दर बजार नगरपालिका-९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ ।

२.स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३३ को रजिन गुरुङ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।