प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : लमजुङ

२०८२-०७-२१

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ क्व्होलासोथर गा.पा.१ बाग्लुङपानी स्थित घलेगाँउबाट बेसिशहर तर्फ आउदै गरेको ग १ ज ६३०६ नं.को बलेरो जिपले ऐ.बस्ने कृति तामाङको छोरी बर्ष २ की नेरिमा तामाङलाई घर अगाडी हिडिरहेको अवस्थामा ठक्कर दिदा घाईते भई तत्काल सोहि जिपमा राखि उपचारको लागी प्रदेश अस्पताल लमजुङमा ल्याएको, बाहिरी चोट नदेखिएको, नाक र कानबाट रगत बगेको, जिप र जिप चालक जिल्ला लमजुङ बेसिशहर न.पा.९ बृन्दावेशी बस्ने बर्ष २९ को मदन दुलाललाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।