प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०८-१५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ ब्यास न.पा.१ भादगाँउ स्थित भित्री सडक खण्डमा दमौलीबाट छाब्दि तर्फ जादै गरेको ग ११ प ४८०० न.को स्कुटर र बिपरित दिशाबाट आउदै गरेको ग १५ प ६६५० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक जिल्ला तनहुँ ब्यास न.पा.१० बैरेनी बस्ने बर्ष ५८ को ईन्द्र बहादुर सुनार घाइते भई उपचारको लागी प्रदेश अस्पताल दमौली पठाइएकोमा १०:२५ बजे थप उपचारको लागी फिस्टेल अस्पताल पोखरा रिफर गरेको, घाइतेको नाकमा चोट लागेको, दुबै सवारी साधन र स्कुटर चालक नियन्त्रणमा  ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।