प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी प्रमुखद्वारा निरीक्षण तथा भिडियो कन्फरेन्स ।

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा उपशाखाको निरीक्षण तथा सम्पुर्ण शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशन सम्बोधनकै क्रममा उहाँले सम्पूर्ण प्रहरी कर्मचारीले आ-आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक ढङगले निर्वाह गरे मात्रै प्रहरी संगठनले अंगिकार गरेको मुल्य मान्यताहरुले सार्थकता पाउने बताउँदै जस्तोसुकै परिस्थितिमा संगठनको मुलभूत उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद शर्माले समग्र गण्डकी प्रदेशको शान्ति सुरक्षा, तथा भौगोलिक अवस्थाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यस संगै प्रदेश प्रहरी प्रमुख खनालले प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरु संग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक खनालले संगठनको उद्देश्य र प्रहरी आचार संहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचार संहिता बिपरीत जानेलाई कारवाही गर्न संकोच नमान्ने बताउनुभयो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।