प्रहरी कार्यालय
जिल्ला कास्की पोखरा महानगरपालिका ८ न्यूरोड स्थित ग २० प ७०८८ नम्बरको स्कुटरले पैदल यात्री पोखरा महानरपालिका १४ भोटेचौतारा बस्ने बर्ष ६० को रतन बहादुर गुरुङको खुट्टामा चोट लागी फिस्टेल अस्पतालमा उपचार भइरहेको , अवस्था सामान्य स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका १ प्रगतिटोल बस्ने गंगा गुरुङको छोरी वर्ष १२ की समिक्षा गुरुङलाई आफ्नै घरको बिस्तारामा सुतिरहेको अबस्थामा सर्पले दाँहिने खुट्टामा टोकी बिरामी भई भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भइरहेको ।
जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका ९ फेदिकुना बस्ने बर्ष ९३ को बम बहादुर बि.क. ले जंगली तरकारी भर्लाङ (तरुल) खाई बिरामी भई सामुदायिक अस्पताल सुन्दरबजार लमजुङमा उपचार भइरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २९ आर्दशचोक स्थित ग २३ प ८२६० नम्बरको मोटरसाइकल ग १ क ५३२६ नम्बरको पोखरा महानगरपालीकाको फोहोर फाल्ने मिनि ट्रक एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला लमजुङ बेशिसहर नगरपालिका १ घर भई हाल पोखरा २७ तालचोक बस्ने वर्ष २१ को शौरव अधिकारी घाइतेलाई पश्चिम क्षेत्रिय अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य , मोटरसाइकल र ट्रक चालक प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा महानगरपालिका १८ खपौदीमा GAAA 4201 नम्बरको मोटरसाइकलले पैदल यात्री पोखरा महानगरपालिका २ अर्चलबोट बस्ने वर्ष ५३ को ओम प्रकास गुरुङलाई ठक्कर दिंदा घाइतेलाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको , अवस्था सामान्य मोटरसाइकल प्रहरीको नियन्त्रणमा ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ११ जिमुवा स्थित ईटा भट्टामा काम गर्ने भारत महराजंग जिल्ला सिमराना हर्दी घर भएका वर्ष ३५ को पर्लाद श्रीवास्तवलाई भुईँमा सुतिरहेको अबस्थामा करेट सर्पले खुट्टाको औंलामा टोकी घाईते भई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएको अवस्था सामान्य रहेको ।
जिल्ला लमजुङ बेसिशहर नगरपलिका ७ स्थित प्रदेश अस्पताल लमजुङको प्राङगणमा अस्पतालको आयोजनामा श्री चण्डी प्रसाद गण श्रीस्वारा लमजुङको सहयोगमा जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी ज्युको प्रमुख आतिथ्यतामा डिजास्टर डिल (सवारी दुर्घटना सम्बन्धि डेमु) कार्यक्रम समाप्त भएको ।
जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ४ थर्पु बजार स्थित पृथ्बिराजमार्गमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १२ प ७६३५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको HR13H2745 नं.को भारतिय नं.प्लेटको कारले ठक्कर दिई घाईते भएका मोटरसाइकल चालक जिल्ला खोटाङ बारपोखरी ७ थाप्लाङ बस्ने बर्ष ३४ को भबिल तामाङको छातीमा ,निजको श्रीमती मनिषा श्रेष्टको वायाँ खुट्टा र आँखा मुनि चोट उपचारको लागी म्याग्दे पोली किल्निक थर्पु तनहुँमा उपचार भइरहेको, दुबै घाइतेको अबस्था मध्यम, सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा महानगरपालिका १८ चपाईचौतारा स्थित सडक खण्डमा कास्कीकोटबाट पोखरा तर्फ आउँदै गरेको ध २ प ४३१५ नं. को मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको ग २ ख १२५१ नं. को टिप्पर एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा चालक बागलुङ न.पा.३ बस्ने वर्ष ३२ को सचिन के.सी मोटरसाइकल पछाडि सवार बस्ने वर्ष ३२ को प्रदिप श्रीष, घाइते भई उपचारको लागि साहारा अस्पताल, बागलुङ बसपार्क पठाएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा अन्य अवस्था सामान्य रहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २९ भण्डारढिक स्थित पृथ्वी राजमार्गमा पोखराबाट तनहुँ तर्फ जाँदै गरेको ग १० प ४९९२ न.को मोटरसाइकल सोही सडकको बाँया तर्फ रोकी रहेको ग १ क ४२०४ न.को टिपर (ढुँङ्गा लोड गरेको) पछाडी ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला उदयपुर कटारी न.पा.१ बस्ने वर्ष ३१ को भिम बहादुर बि.क. घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको र मृत घोषणा गरिएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको, टिपर चालक सम्पर्कमा नरहेको, अन्य अवस्था सामान्य रहेको ।
जिल्ला लमजुङ मध्यनेपाल न.पा.७ भाटबेशि चिसङकु बस्ने टिकाराम बि.क.ले बिगत ५ बर्ष देखि संचालन गर्दै आएको फर्निचर उद्योगमा अचानक आगोलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई स्थानिय र प्रहरीको सहयोगमा ०४:३० बजे आगोलागी पुर्ण रुपमा नियन्त्रणमा आएको,मानविय क्षति नभएको, उद्योगमा रहेका सामान तथा उपकरणहरुमा क्षति भएको , आगो लागीको कारण नखुलेको, अनुसन्धान कार्य भइरहेको ।
जिल्ला लमजुङ बेसीशहर न.पा.१ रिठेबगर उदिपुरबाट रिठेबगर तर्फ जाँदै गरेको प्रदेश ०२०३-००१ त ५४३० नं.को खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मि. तल खस्न जाँदा उक्त ट्याक्टरको चालक जिल्ला लमजुङ बेसीशहर न.पा.१ उदिपुर ढाडगाउ बस्ने वर्ष ३१ को अहिर परियारको घटना स्थलमा नै मृत्यु भएको, ७:०० बजे मुचुल्काको कार्य पुरा गरी शव पो.मा.को लागी प्रदेश अस्पताल लमजुङ पठाईएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१७ ड्यामसाईडमा ग२५प ५८४३ नं.को मोटरसाइकल चालक ऐ.छोरेपाटन बस्ने वर्ष ४२ को सोम बहादुर परियारले नियन्त्रणा गुमाई दुर्घटना हुदा घाइते भई उपचारको लागि ०८:२० फेवासिटी अस्पताल पठाइएको, चिउडोमा चोट लागेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.१ झारकोट स्थित मुक्तिनाथ कागबेनी सडक खण्डमा मुक्तिनाथबाट कागबेनीतर्फ जादै गरेको म.प्र.०३-००१ त ८९२८ नं.को ट्याक्टरलाई सोही दिशाबाट पछाडी जादै गरेको ग १ त ७५९७ नं.को ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा ग १ त ७५९७ नं.को ट्याक्टरको अगाडीको भागमा क्षति भएको, मानविय क्षति नभएको ।
जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुवारी स्थित भित्रि सडक खण्डमा जुगेपानीबाट गिरुवारी तर्फ जादै गरेको नं. नखुलेको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक ऐ.गिरुवारी बस्ने वर्ष १८ को समिर थापा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेको, टाउकोमा चोट लागेको ।