प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्रकले ठक्कर दिँदा मो.सा.चालक घाईते

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

कावासोती न.पा.८ थकाली चोक स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ५ ख ७५५२ नं.को ट्रकले गण्डकी प्र.-०४-०१ प १५६७ नं.को मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) बिनयीत्रिबेणी गा.पा.३ सर्दी बस्ने वर्ष ४३ को बिर बहादुर थारु घाईते भई एलाइभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।