प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व) : बस र ट्रक एकआपसमा ठक्कर खाँदा ८ जना घाईते

२०७८-१२-०२

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१५ गडारखोला स्थित पूर्व पश्चिम राजमार्गमा ना. ख ३१०४ नं को बस र ना.६ ख ४३४६ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः

१.(बस चालक) जिल्ला सप्तरी राजविराज बस्ने बर्ष अं ४५ को सत्य नारायण यादव, अवस्था गम्भीर रहेको ।  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचारार्थ घाईतेहरुः

१.जि.रुपन्देहि बस्ने वर्ष अं. ४१ कि सिता आले, अवस्था सामान्य ।

२.जि.काभ्रे बनेपा ११ वस्ने वर्ष अं. ७० को राम बहादुर तामाङ, अवस्था सामान्य ।

३. जि.सर्लाही श्रिनगर बस्ने वर्ष अं. २२ कि लक्ष्मी चौधरी, अवस्था सामान्य ।

४. ऐ.ऐ. बस्ने वर्ष २ कि प्रभा चौधरी, अवस्था सामान्य ।

५. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को बिक्रम चौधरी, अवस्था सामान्य ।

६. जि.धनुषा बस्ने वर्ष अं.४८ को कमल राई (सहचालक), अवस्था सामन्य ।

७ ऐ.ऐ. ढल्केवर बस्ने वर्ष अं. १६ को धर्मेन्द्र दास, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।