प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०४-०१

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ ब्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट पोखरातर्फ आउदै गरेको ग २ ख ४४९ नं.को सिमेन्ट बोकेको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक र सह चालक घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौली पठाईएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।

निम्न घाइते

१.ट्रक चालक जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ बस्ने बर्ष ५५ को बेन बहादुर सोमै, अबस्था सामान्य ।

२. सह-चालक ऐ.बस्ने बर्ष २४ को पुरन बहादुर थापा, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।