प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण ।

२०८१-०९-०३

  • A
  • A-
  • A+
Share

प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नं. ३१४७ मिति २०८१।०८।२७ गतेको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक रावलले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।