प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. (पूर्व): सवारी दुर्घटना

२०८०-१२-०९

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१० भैँसाखोरी पूर्व-पश्चिम राजमार्गमा भैंसाखोरीबाट भैडाबारी तर्फ आउदै गरेको बा.प्र.०३-००४प२०६४ नं.को मोटरसाईकल चालकले नियन्त्रण गुमाई मो.सा.सडकको वायाँ साईडमा पल्टिन जाँदा चालक जि.न.प.(पूर्व) गैँडाकोट न.पा.११ बस्ने वर्ष ३० को कमल लुङगेली मगर घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन ल्याएको, टाउकोमा चोट अवस्था गम्भिर उपचारमा निजको आफन्त पृथी बहादुर मगर संलग्न रहेको भनी ०९ गते ००:१५ बजे उक्त अस्पतालमा खटिएको प्र.क.द्वारा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई थप अनुसन्धान गरिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।