प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८०-११-२९

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.१ त्रियासी सिद्धार्थ राजमार्गमा वालिङबाट हेलु तर्फ जाँदै गरेको ग१०प ९७९४ नं.को मोटरसाइकलले पैदलयात्री ९ माझी गाँउ बस्ने वर्ष ५७ की गोत कुमारी माझिलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि प्रा.स्वा.के.वालिङ स्याङ्जा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २१:३० बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर भएको, घाईतेको वायाँ खुट्टा र टाउकोमा चोट अवस्था मध्यम, मोटरसाइकल चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.१ बस्ने वर्ष २९ को कमल अर्याल र मो.सा. नियन्त्रणमा रहेको, चालकको कागजपत्र सबै भएको र मा.प.से.नगरेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।