प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०३-३२

  • A
  • A-
  • A+
Share

तनहुँ ब्यास नगरपालिका ११ फराकचौर स्थित घासीकुवा- फराकचौर भित्री सडक खण्डमा घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क ३६८३ नं.को माया युनिभर्सल एकेडेमी बोर्डीङ स्कुल दमौलीको बस र फराकचौरबाट घाँसीकुवातर्फ आउदै गरेको ग १५ प ६५०४ नं.को मो.सा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिहरु घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौलीतर्फ पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, बस घटनास्थलमा नै रहेको, मो.सा.र बस चालक प्रहरीको नियन्त्रणमा ।

निम्न घाइते :-

१.मो.सा. चालक जिल्ला तनहुँ ब्यास नगरपालिका ११ बस्ने बर्ष २२ को सुजन सुनार, अवस्था सामान्य ।

२.मो.सा.पछाडी सवार ऐ.बस्ने बर्ष २३ को बिक्रम सुनार, अबस्था गम्भिर रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।    

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।