प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०३-३२

  • A
  • A-
  • A+
Share

तनहुँ ब्यास नगरपालिका ११ फराकचौर स्थित घासीकुवा- फराकचौर भित्री सडक खण्डमा घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क ३६८३ नं.को माया युनिभर्सल एकेडेमी बोर्डीङ स्कुल दमौलीको बस र फराकचौरबाट घाँसीकुवातर्फ आउदै गरेको ग १५ प ६५०४ नं.को मो.सा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिहरु घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौलीतर्फ पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, बस घटनास्थलमा नै रहेको, मो.सा.र बस चालक प्रहरीको नियन्त्रणमा ।

निम्न घाइते :-

१.मो.सा. चालक जिल्ला तनहुँ ब्यास नगरपालिका ११ बस्ने बर्ष २२ को सुजन सुनार, अवस्था सामान्य ।

२.मो.सा.पछाडी सवार ऐ.बस्ने बर्ष २३ को बिक्रम सुनार, अबस्था गम्भिर रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।