प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: लागूऔषध र सामाग्री सहित मानिस नियन्त्रणमा

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलमा खटिएको प्रहरीको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका जिल्ला ललितपुर ललितपुर उप-महानगरपालिका १४ बस्ने बर्ष २३ को अमिर थापा र ऐ. बस्ने बर्ष २३ को मनोज वाईबाको साथबाट निम्न अनुसारको लागूऔषध सहित निम्न सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न:-

(१) स्पास्मो २६ ट्याब्लेट, (२) नाईट्रोसन १४ ट्याब्लेट, (३) स्पास्पेन ३ ट्याब्लेट, (४) नगद रू.१,१८,७७०।- (एक लाख अठार हजार सात सय सत्तरी), (५) मोबाईल ५ थान (सामसुङ ३,आइफोन १, रेडमी १), (६) ल्यापटप १ थान, (७) चाँदीको जन्तर १ थान ।

सम्बन्धित समाचार