प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी जवान ७-०५ औँ समूहका प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

२०८२-०९-०९

  • A
  • A-
  • A+
Share

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम ७-०५ औँ समूहका प्रशिक्षार्थीहरुको तालिम गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यतामा आज एक समारोहका बिच सम्पन्न भएको छ ।
दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक आचार्यले दिक्षान्त कवाजको निरीक्षण गर्नुभयो । दिक्षान्त कवाजको निरीक्षण पश्चात प्रर्शिक्षार्थीहरुद्धारा प्रदर्शन गरिएको कवाजको समेत प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक आचार्यले अवलोकन गर्नुभयो ।
त्यस पश्चात प्रत्येक प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झन्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए भने प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सीले शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुभयो ।
तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरु तथा तालिममा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक आचार्यद्धारा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण पश्चात दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले तालिम अवधीमा हासिल गरेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीपूर्वक लागू गर्न सके मात्र तालिमको उपादेयता पुरा हुने बताउनुभयो ।
साथै प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले कुनै प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।
धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सीले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थिहरुलाई व्यवसायीक तथा व्यक्तिगत जिवनको सफलताको शुभकामना सहित कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिमा धन्यवाद व्यक्त गर्नुभयो ।
तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्कीले प्रहरी संगठनको आधार स्तम्भको रुपमा रहेको प्रहरी जवानहरुको कुल २३४ कार्य दिनको उक्त आधारभुत तालिम गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा मिती २०८१ माघ २७ गते बाट विधिवत रुपमा उद्‌घाटन भई सञ्चालनमा आएको बताउँदै उक्त आधारभुत तालिममा सहभागी महिला पुरुष गरि कुल २०७ जना प्रशिक्षार्थीहरु मध्ये १७७ जना “ क” श्रेणी र ३० जना “ख” श्रेणीमा उत्तीर्ण भएको जानकारी गराउनुभयो ।
निष्पक्ष एवं पारदर्शी ढङगले कानून र जनभावना बमोजिम सेवा प्रदान गर्न आवश्यक सैद्दान्तिक तथा व्यवहारिक ज्ञान साथै परिवर्तित राजनैतिक तथा समाजिक अवस्थामा लोक कल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरि जनमुखी सेवा प्रवाह गर्न आवश्यक ज्ञान, सिप, कला र कौशल हासिल गरि आजबाट कार्यक्षेत्र प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिमलराज कंडेल, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
७१” औं प्रहरी दिवस २०८३ मूल समारोह कार्यक्रम सम्पन्न ।
२०८३-०६-३०

असोज-३०, पोखरा ।“विपद्दमा सारथी,संकटमा छहारी प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ७१” औं प्रहरी दिवसको मूल समारोह गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो । कार्यक्रममा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो । उपस्थित अतिथी ज्युहरुलाई धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान पुर्याएको र प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्राध्यापक डा.इन्द्र प्रसाद तिवारी,प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका आन्तरिक मामिला सचिव तिर्थराज चिलुवाल,नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश पोखराका अध्यक्ष एक नारायण शर्मा,कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी भोलानाथ थापा, अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारहरु, सिनियर प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।