प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: स्कुटर दुर्घटना हुँदा २ जना घाईते

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. ६ बुलौदी स्थित ग. १२ प ४७२९ नं. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने बर्ष ३३ को निर्मल श्रेष्ठ र स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २८ को ज्ञानेन्द्र पौडेल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।