प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ: जिप दुर्घटना हुँदा ३ को मृत्यु, १४ जना घाईते

२०७८-०८-२३

  • A
  • A-
  • A+
Share

मंसिर २३, जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.९ खुदी स्थित ग. १ ज ६३१७ नं.को बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको तथा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । 

मृतकहरू:

१.जिल्ला कपिलबस्तु वाणगंगा गा.पा. ८  घर भई हाल जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ स्थित रहेको श्री गणेश मा.बि.मा पढाउने शिक्षक वर्ष अं.४० को कमल थापा ।

२. जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ.स्कुलको कक्षा ७ मा पढ्ने अं.१३ कि प्रमिसा गुरुङ ।

३. जि. लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ. स्कुलको कक्षा ६ मा पढने वर्ष १२ को गणेश भण्डारी ।

नयाँ मेडिकल केलज चितवनमा उपचारार्थ घाईतेहरु:

१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष १४ की संगीता मिजार, अवस्था मध्यम  ।

२.ऐ.ऐ. बस्ने वर्ष १२ कि नम्रता रावल, अवस्था मध्यम  ।

३.ऐ.ऐ.९ बस्ने वर्ष १३ की सुप्रिया बास्तोला, अवस्था मध्यम  ।

४.ऐ.ऐ.बस्ने वर्ष १४ को बिबेक बि.क, अवस्था गम्भीर  ।

५.ऐ.ऐ.९ बस्ने वर्ष १३ को शिब घिमिरे, अवस्था मध्यम  ।

६. जिप चालक ऐ.ऐ.बस्ने वर्ष ४७ को बिरेन्द्र थापा, अवस्था मध्यम  ।

जिल्ला अस्पताल लमजुङमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु:

१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने  वर्ष ४० कि शिक्षिका सबिता थापा ।

२.ऐ.ऐ. बस्ने वर्ष ४० कि शिक्षिका शुसिला थापा ।

३.ऐ.ऐ. बस्ने वर्ष १२ कि आकृति घले ।

४.ऐ.ऐ. बस्ने वर्ष १३ कि रेश्मा मिजार ।

५.ऐ.ऐ. बस्ने वर्ष १२ कि पुजा थापा ।

६.ऐ.ऐ. बस्ने वर्ष १२ कि प्रकृति घले ।

७.ऐ.ऐ. बस्ने वर्ष १३ कि अमिसा घले ।

८.ऐ.ऐ .बस्ने वर्ष १३ को सौगात परियार ।

सम्बन्धित समाचार