प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रण

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

मिति २०८३।०३।१६ गते २३:२५ बजे जि. स्याङजा गल्याङ न.पा. १ राम्दी स्थित सिद्धार्थ राजमार्गमा बुटवल बाट पोखरा जादै गरेको लु२ख ८३८ नं.को बसमा सवार जि. स्याङजा भिरकोट न.पा. ४ छाङछाङदी बस्ने बर्ष ३९ को राम काजी घर्ताङले पछाडी भिर्ने रातो झोलामा लुकाई छिपाई राखेको गांजा (अं २०० ग्राम) जस्तो देखिने बस्तु फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईहरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।