प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : जिल्ला मुस्ताङ

२०८१-०७-०६

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ लोमान्थाङ गाउँपालिका १ बोक्थान स्थित कोरोला नाका तर्फबाट जोमसोमतर्फ आउँदै गरेको बा.प्र.०६-००४ प ३३५८ नम्बरको मोटरसाईकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला चितवन भरतपुर महानगरपालीका १२ आस्थाचोक बस्ने वर्ष १९ को लविन थापा,टाउकोमा चोट अवस्था सिरियस, पछाडि सवार जिल्ला नवलपरासी (पुर्व) विनयी त्रिवेणी गाउपालिका ३ उदयटाडी सर्दि बस्ने वर्ष २४ को राजेश पंगेनी बायाँ हातमा चोट अवस्था मध्यम रहेको दुवै जना घाईतेलाई जिल्ला अस्पताल जोमसोम मुस्ताङमा उपचार भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।