प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न ।

२०८०-१०-२०

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा लागुऔषध दुर्व्यसनि विरुद्दको पर्चा, पम्पलेट,व्यानर, भजन, बाजा र झाँकी सहित विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुले पोखराको मानव अधिकार चोकदेखि प्रभातफेरी कार्यक्रम गरेका थिए । उक्त प्रभातफेरी कार्यक्रम पोखरा-४, कुमुदिनिहोम्स बोर्डिङ स्कुलको सभाहलमा प्रवेश गरी औपचारिक कार्यक्रमा परिवर्तन भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागू ओैषध सामाजिक समस्याको रुपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भिर रुपमा लागि परिरहेको बताउनुभयो ।
समाजबाट लागुऔषध निस्तेज पार्ने प्रमुख उपाय भनेको लागुऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु हो जुन नेपाल प्रहरीले निरन्तर गरिरहेको छ तर कानुनको बर्खिलाप गरी लागुऔषधको दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्न समेत श्रेष्ठले निर्देशन गर्नुभयो । यस संगै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामुलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको बताउनु भएको थियो ।
उक्त प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रममा माननीय गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्तता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.कले कास्कीमा लागुऔषध दुर्व्यसनि तथा लैंगिक हिंसाको तथ्याङक सहितको सचेतना प्रस्तुत गर्नुभएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामुलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फ बाट जनचेतनामुलक सारङ्गीको गित र बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, अध्यक्ष कमला खनालले उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।   

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।