प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा

२०८१-०२-०४

  • A
  • A-
  • A+
Share

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।
प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।
निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।