प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: मो.सा.एकआपमा ठक्कर खाँदा १ जना घाईते

२०७९-०९-०३

  • A
  • A-
  • A+
Share

म्याग्दे गा.पा.१ गुणादी स्थित पृथ्विराजमार्गमा ग. २० प ४१६२ नं.को मो.सा. र बा. ६७ प ६४५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा ४१६२ नं.को मो.सा.चालक जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.२ बस्ने वर्ष २८ को सुरज थापा घाईते भई भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको र ६४५ नं. को मो.सा.चालकको अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।