प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प. (पूर्व)

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा हरियानाबाट काठमाण्डौ तर्फ जाँदै गरेको HR38AB 7413 नं.को भारतिय ट्रक र बिरगंजबाट भैरहवा तर्फ आउँदै गरेको लु१ख ६६८३ नं.को ट्याङकर एक आपसमा ठक्कर खान जाँदा भारतिय ट्रक चालक देश भारत उत्तर प्रदेश जिल्ला सितापुर थाना मोहउली बस्ने वर्ष ४३ को मनोज सिंह घाईते भई उपचारको लागि दुम्किबास स्वास्थ्य चौकी पठाईएको, वायाँ खुट्टामा चोट लागेको, दुबै सवारी साधन घटनास्थलमा नै रहेको, ट्याङकर चालक प्रहरी नियन्त्रमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।