प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : स्याङ्जा

२०८२-०४-१३

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा गल्याङ न.पा. १ राम्दि स्थित सिद्धार्थ राजमार्गमा राम्दिबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना५ख ६९४७ नं.को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला न.प.(पूर्व) विनयत्रिवेणी गा.पा. ७ शिवपुर बस्ने वर्ष ३१ को कृष्ण बहादुर रानाको साथबाट वारेक्स १० पिस, ड्रामाडोल ९६ ट्याब्लेट, नाईट्रोभेट ६० ट्याब्लेट, डाईजेपाप ५९ एमपुल, नोर्फिन ५९ एमपुल, फेनारागन ५९ एमपुल, निडल १ थान लागू औषध फेला पारी नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।