प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २९ भण्डारढिक स्थित पृथ्वी राजमार्गमा पोखराबाट तनहुँ तर्फ जाँदै गरेको ग १० प ४९९२ न.को मोटरसाइकल सोही सडकको बाँया तर्फ रोकी रहेको ग १ क ४२०४ न.को टिपर (ढुँङ्गा लोड गरेको) पछाडी ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला उदयपुर कटारी न.पा.१ बस्ने वर्ष ३१ को भिम बहादुर बि.क. घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको र मृत घोषणा गरिएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको, टिपर चालक सम्पर्कमा नरहेको, अन्य अवस्था सामान्य रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।