Police Office
२०८१-०३-१७
जिल्ला तनहुँ म्याग्दे गा.पा. ४ घुम्ती स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको प्र३-०२-०१०प ९०६९ को मोटरसाइकलले पैदलयात्री लाई ठक्कर दिँदा पैदल यात्री जिल्ला तनहुँ म्याग्दे गा.प. ३ बस्ने बर्ष ५९ को जंग ब. बि.क. दुबै हात खुट्टामा चोट लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर भएको, मोटरसाइकल चालक जिल्ला गोरखा सहिद लखन गा.पा. ३ बस्ने बर्ष ५० को लाल ब. थापा प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा. १७ पुल्चोक स्थित ऐ.१३ मियाँपाटन बस्ने बालकृष्ण घिमिरेको ब्लक र टिनले छाएको २ कोठे घरमा बिजुलीको तार सट भई आगलागी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई स्थानिय, दमकल र प्रहरीको सहयोगमा १२:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, सोही घरमा भाडामा बस्ने वर्ष ४५ को ईसान राईको कोठा जलि पुर्णरुपमा क्षति भएको, सोही घरको अर्को कोठामा बस्ने वर्ष ५८ की खस माया गुरुङ कोठा जलि आंशिक रुपमा क्षति भएको, अन्य मानविय तथा चौपाय क्षति नभएको ।
जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्बीचोक स्थित नयाँबजारबाट नागढुङ्गा तर्फ जाँदै गरेको ग.प्र. AAA 0758 नं. को स्कुटर र चाईनापुलबाट सृजनाचोक तर्फ आँउदै गरेको ग १ ज १८६८ नं. को ट्याक्सी एकआपसमा ठक्कर खाँदा स्कुटर पछाडी सवार जिल्ला स्याङजा फेदिखोला गा.पा ०४ घर भई हाल जिल्ला कास्की पो.म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५८ को कृष्ण शर्मा पौडेल घाईते भई उपचारको लागि G.M.C अस्पताल लगेको, ट्याक्सी र ट्याक्सी चालक जिल्ला कास्की पोखरा ३ नदिपुर बस्ने बर्ष ५५ को महेन्द्र खड्की प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा. ८ सभागृहचोक स्थित ग. प्र.०१-००१ प ८७६० नं. मोटरसाइकल र ग १० प १५१२ नं. को स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा म.न.पा. १ बगर बस्ने बर्ष ३० को हरी थापा र स्कुटर पछाडी सवार जिल्ला कास्की पोखरा म.न.पा. १३ मियापाटन बर्ष २८ को रसुद मिया घाईते भई उपचारको लागि GMC अस्पताल लगेको, ठक्कर दिने स्कुटर फरार रहेको ।
जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.११ रानिपौवा टेलिकम स्थित महेन्द्रपुलबाट रानिपौवा तर्फ जादै गरेको ग १० प ४९२७ नं.को स्कुटर र विपरित दिशाबाट आउदै गरेको ग १९ प ८२५० नं.को स्कुटर एकआपसमा ठक्कर खादा ग १० प ४९२७ नं.को स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.१० रामघाट बस्ने बर्ष २१ को नबिन गुरुङ र ग १९ प ८२५० नं.को स्कुटर चालक जिल्ला लम्जुङ घर भई हाल पोखरा म.न.पा.१३ बस्ने बर्ष २१ को लोबिन गुरुङ घाईते भई उपचारको लागी पोखरा ११ फुलबारी स्थित सैनिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल पठाइएको ।