प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“६७ औं प्रहरी दिवस २०७९” कार्यक्रम सम्पन्न ।

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

असोज-३१, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
“६७ औं प्रहरी दिवस २०७९” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउनुभयो ।
नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले यस संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताउनुभयो ।
प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, गण्डकी प्रदेश प्रहरी विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभयो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले नेपाल प्रहरीले देशको शान्ति सुरक्षा, अमनचयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।
आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले विगतमा जस्तै महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने जिम्मेवारीलाई कुशलताका साथ बहन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरिक्षक धिरजप्रसाद सिंहको शुभकामना सन्देश प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीले बाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्री सहित अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।