प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना ( न.प. पूर्व )

२०८०-११-१३

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.२ भृकुटी चोक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ख ०१९६ नं.को बसले सोही दिसा तर्फ जाँदै गरेको ना३६प ९०४५ नं.को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशाबाट आईरहेको ग१च ७१५२ नं.को बिरामी बोकी आएको एम्बुलेन्समा ठोक्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको तिन वटै सवारी साधन र बस र एम्बुलेन्स चालक नियन्त्रणमा रहेको । निम्न घाईतेः-
१.स्कुटर चालक जि.न.प.(पूर्व) गैडाकोट न.पा. ६ बस्ने वर्ष ३३ को किसोर गौतमको खुट्टामा चोट अवस्था सामान्य ।
२.एम्बुलेन्समा सवार डाइलोसिस को बिरामी जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष ७५ को मान बहादुर टाउकोमा चोट अवस्था सिरियस ।
३.एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४० को भोट ब.कुमालको खुट्टामा चोट अवस्था मध्यम ।
४.सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४५ को सोम ब.कुमालको निधारमा चोट अवस्था सामान्य 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।