प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.१४ भोटेचौतारा स्थित ग. १ त २२६७ नं. को ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला कास्की मादी गा.पा.१० घाचोक घर भई हाल पोखरा-२६ बुढीबजार बस्ने वर्ष २३ को जिवन नेपाली र ट्याक्टरमा सवार जिल्ला कास्की पोखरा २६ बुढीबजार बस्ने वर्ष ११ को आर्यन नेपाली घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।