प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८१-०४-११

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.६ एक्लेपिपल स्थित भित्री सडक खण्डमा ग १४ प २८६४ नं. को स्कुटीले चापाकोट न.पा.३ कामिरे घर भई हाल वालिङ न.पा.६ मिर्दि बस्ने नबिल मल्लको छोरा २७ महिनाको आयुष मल्ल बाटो क्रस गर्ने क्रममा स्कुटीले ठक्कर दिँदा घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २२:५० बजे गण्डकी मेडिकल कलेज रिफर गरिएको, सवारी र सवारी चालक प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।