प्रहरी कार्यालय
भारत उत्तर प्रदेशको कलेना गोन्डा घर भई हाल बिगत १० बर्ष देखी जिल्ला मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गा.पा.-१ स्थित रानीपौवा धर्मशालामा बस्दै आएका बर्ष ४८ को सहदेब नाम गरेका भिक्षु मृत अबस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वीराजमार्गमा लु.१ ख ८१४४ नं. को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा जिल्ला नवलपरासी (पश्चिम) सुनवल न.पा.१३ बडेरा बस्ने वर्ष २४ को अविनास बि.क.ले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको Diazepam लेखिएको 2ml को सिसि-१४ एम्पुल, Buprenorphine लेखिएको 2ml को सिसि-१५ एम्पुल, Promethazine लेखिएको 2ml को सिसि-१६ एम्पुल गरी जम्मा ४५ एम्पुल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भिमसेन थापा गा.पा.१ निवेल स्थित मध्य पहाडी लोकमार्गमा भे. ६ प ७४३ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला सप्तरी कृष्णशवरत गा.पा.२ घर भई हाल जिल्ला गोरखा भिमसेन थापा गा.पा. १ स्थित डेरा गरी बस्ने वर्ष २३ को लक्ष्मी कान्त चौधरीको घटनास्थलमा नै मृत्यु भएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२२ राजचौतारा स्थित ग. ८ प ८५१० नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६८ को भोज बहादुर गुरुङलाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको ।
बन्दीपुर गा.पा. ५ याम्पा फेदीखोला स्थित मर्स्याङदी नदीमा हाल नाम थर वतन नखुलेको अं. वर्ष २८ को पुरुष ब्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
निसीखोला गा.पा.६ भल्कोट स्थित ध.१ ज ७६६ नं. को भ्यानले पैदल यात्री ऐ.ऐ. ६ भल्कोट बस्ने गौचन सुनारको छोरी बर्ष ५ कि गिता सुनारलाई ठक्कर दिंदा घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.१ नयाँपुल स्थित ग. १६ प ४००३ नं.को स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.६ बस्ने वर्ष २५ को लेख बहादुर माझी घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
गल्याङ न.पा.७ मुलपानी स्थित भित्री कच्चि सडक खण्डमा लु. ३ त ७२५८ नं.को ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला बाके राप्तिसोनारी गा.पा.७ बस्ने बर्ष ३४ को सवित राम थारु घाइते भई मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
म्याग्दे गा.पा.५ थाङदी स्थित लु. ३२ प ८९८१ नं.को मो.सा.लाई ना. ६१ प १४८६ नं.को मो.सा.ले ठक्कर दिँदा लु. ३२ प ८९८१ नं.को मो.सा.पछाडि सवार जिल्ला स्याङजा हरिनाश गा.पा.७ बस्ने वर्ष २६ कि सुनिता थापा घाईते भई जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको । ८९८१ नं. को मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । १४८६ नं.को मो.सा.चालक र दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
सिरान्चोक गा.पा.७ सिम्ले बस्ने बर्ष २९ कि सिता बयालकोटी ऐ.ऐ. स्थित चुम्कीडाडाँ ठुलोपहरा जंगलको काफलको रुखमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३३ बागमारा स्थित ग. २ ख १३७२ नं. को गुडिरहेको बसबाट ऐ.ऐ.बस्ने वर्ष ४२ को मोतीलाल चापागाई खस्न जाँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.६ पैरे स्थित भित्री सडक खण्डमा ग. २१ प ७०२६ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ.बस्ने बर्ष ३३ को रमेश तामाङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
बडिगाड गा.पा.१ हम्मेल स्थित ऐ.ऐ. बस्ने अं.६६ को ज्ञान बहादुर थापा आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.५ पर्स्याङ धारापानी मार्ग स्थित ग. १८ प ९०३५ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.५ पर्स्याङ बस्ने वर्ष ९ कि सुप्रिया परियारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । उक्त दुर्घटना मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.५ पर्स्याङ बस्ने वर्ष ४७ को ओम प्रकाश शर्मा घाईते भई रिजनल अस्पतालमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मध्यबिन्दु न.पा.८ तरेनी स्थित भित्री सडक खण्डमा ना. २ ह ६६२४ नं.को अटोले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १२ कि तिर्सना रानालाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा.२ गुठी बस्ने बर्ष ७५ कि चिनमाया कर्माचार्य आफ्नै घरको बलोमा डोरीले पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।