प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुर तर्फ आउदै गरेको ग२२प ००७ नं.को स्कुटरले पैदलयात्री ऐ.१३ मियाँपाटन बस्ने वर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिई उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा म.न.पा.१५ रामबजार स्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग१क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला तनहुँ घर भई हाल ऐ.१४ चाउथे बस्ने वर्ष अन्दाजी १९ को किस्मत वाग्ले घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याई चेक जाँच गर्ने क्रममाडाक्टरले मृत घोषण गरेको, बस,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार पश्चात डिस्चार्ज गरिएको, अवस्था सामान्य, थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।