प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुर तर्फ आउदै गरेको ग२२प ००७ नं.को स्कुटरले पैदलयात्री ऐ.१३ मियाँपाटन बस्ने वर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिई उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा म.न.पा.१५ रामबजार स्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग१क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला तनहुँ घर भई हाल ऐ.१४ चाउथे बस्ने वर्ष अन्दाजी १९ को किस्मत वाग्ले घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याई चेक जाँच गर्ने क्रममाडाक्टरले मृत घोषण गरेको, बस,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार पश्चात डिस्चार्ज गरिएको, अवस्था सामान्य, थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।